गृहपृष्ठ आर्थिक विकासका लागि अनुकूल वातावरण : प्रचण्ड
आर्थिक विकासका लागि अनुकूल वातावरण : प्रचण्ड
फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकासका लागि सबैभन्दा अनुकूल वातावरण बनेको बताएका छन् । ‘सुशासन, आर्थिक विकास र समृद्धि सबै राजनीतिक दलको मूल एजेन्डा हो,’ बिहीबार काठमाडौंमा आयोजित साना तथा मझौला व्यवसायी महासंघ, नेपालको १५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘त्यसलाई नयाँ गतिका साथ अघि बढाउन चुनौती सामना गरेर अघि बढ्नुको विकल्प छैन ।’
विगतमा राजनीतिक स्थायित्व हुन नसक्दा मुलुकको आर्थिक विकासको काम अघि बढ्न नसकेको उनको भनाइ छ । कृषि, पर्यटन र उद्योगमार्फत मुलुकको विकास र समृद्धिको चाहना पूरा गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यकता रहेको अध्यक्ष प्रचण्डले बताए ।
मुलुकको आर्थिक विकासको मूल आधार साना तथा मझौला उद्योग भएको उनको भनाइ छ । महासंघले सञ्चालन गरेको ‘एक घर, एक व्यवसाय’ अभियानमा आफ्नो पनि साथ रहेको अध्यक्ष प्रचण्डले प्रस्ट पारे ।
प्रकाशित समय १४:२३ बजे
















