गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको नयाँ चल्ती र वचत खाता सञ्चालनमा

मुक्तिनाथ विकास बैंकको नयाँ चल्ती र वचत खाता सञ्चालनमा

muktinath-newskarobar

मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैरसरकारी संघसंस्था, विभिन्न व्यापार व्यवसायका छाता संगठन, प्रचलित कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघसंस्था तथा विषयगत सहकारी संघसंस्थालगायत अन्य संघसंस्थालाई लक्षित गरी ‘मुक्तिनाथ संस्थागत उपलब्धि खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धि’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ संस्थागत उपलब्धि खाताअन्तर्गत न्यूनतम मौज्दात एक हजार रुपैयाँमा कुनै पनि संघसंस्थाले खाता खोल्न सक्ने कम्पनीले जनाएको छ । यो खाता खोलेका संघसंस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यु बिमाको सुविधा मुख्य विशेषताका रुपमा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धि चल्ती खातामा बिमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी) तथा निःशुल्क इन्टरनेट बैंकिङ सुविधा लिन सकिनेछ ।

मुक्तिनाथ व्यक्तिगत उपलब्धि बचत खाताअन्तर्गत न्यूनतम मौज्दात एक सय रुपैयाँमा संस्थाका सम्पूर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि ७ लाखको दुर्घटना मृत्यु बिमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । साथै, कुनै पनि संघसंस्थामा कार्यरत कर्मचारीलाई व्यक्तिगत कर्मचारी कर्जा वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाखमध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी बिना धितो कर्जा सुविधा प्रदान गरिनेछ । व्यक्तिगत उपलब्धि बचत खाताअन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी), निःशुल्क अन्तरशाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा तथा इन्टरनेट बैंकिङ सुविधाका साथै निःशुल्क भिसा डेबिट कार्ड प्रदान गरिनेछ ।

यो योजनाअन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धि खाता भएका संघसंस्थाका कर्मचारी तथा आबद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धि बचत खाता खोल्न सक्नेछन् । यी सेवा १३३ वटै शाखाबाट लिन सकिने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु