गृहपृष्ठ रारा तालमा नेपाल टेलिकमको इन्टरनेट उपलब्ध

रारा तालमा नेपाल टेलिकमको इन्टरनेट उपलब्ध

nepal telecom-rara

नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा बिहीबारदेखि भएको हो ।

कर्णाली अञ्चलका पाँच जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय बासिन्दा र व्यवसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा प्रदान गरिएको टेलिकमले जनाएको छ । यो सेवाको सुरुवात सँगै स्थानीय व्यवसायी र बासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रवर्धन तथा प्रचार गर्न सहज भएको छ ।

यससँगै पर्यटकले राराका दृश्य तथा गतिविधि तत्काल इन्टरनेटमा हाल्ने सक्ने भएका छन् । समुद्री सतहभन्दा २ हजार ९७२ मिटर उचाइमा रहेको रारा तालमा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने गरेका छन् ।

फोर जी सेवा विस्तारसँगै भ्रमण वर्ष २०२० का अवसरमा रारा ताल एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनसक्ने सम्भावना बढेको छायाँनाथ रारा नगरपालिका प्रमुख हरिजंग शाहीले बताए ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु