गृहपृष्ठ भ्रमण वर्ष सफल पार्न कोशी गाउँपालिकामा पर्यटन महोत्सव

भ्रमण वर्ष सफल पार्न कोशी गाउँपालिकामा पर्यटन महोत्सव

भ्रमण वर्ष २०२० लाई सफल बनाउन सुनसरीको कोशी गाउँपालिकाले कोशी पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ ।

आगामी माघ १९ गतेदेखि २९ गतेसम्म कोशी गाउँपालिका लाग्ने महत्वबारे विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

पर्यटकलाई आकर्षण गर्ने विभिन्न प्याकेजसहित गाउँपालिकाले पर्यटन महोत्सवको आयोजना गर्ने भएको हो । त्यहाँ आउने पर्यटकले हात्तीदेखि जंगल सफारीसम्मको यात्रा गर्न पाउने पत्रकार सम्मेलनमा जनाइएको छ ।

गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले ५० हजार भारतीय, तेस्रो मुलुक र आन्तरिक पर्यटकसहित महोत्सवमा १ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको जानकारी दिए । विश्व चरा महोत्सवको अवसर पारेर गर्न लागिएको पर्यटन महोत्सवलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माघ १९ गतेदेखि १० दिनसम्म चल्ने सो महोत्सवमा घुम्न आउने पर्यटकका लागि जंगल ड्राइभ, जल र हात्ती सफारीको आकर्षक सुविधा समेत उपलब्ध गराइने अध्यक्ष अन्सारीले बताए ।

‘महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।’ अध्यक्ष अन्सारीले भने, ‘गाउँपालिका भारतीय सीमासँग जोडिएकाले भारतीय पर्यटकको बढी मात्रामा उपस्थिति रहने छ ।’

उनले कोशी कटानदेखि १७ किलोमिटरको यात्रा गराएपश्चात् जल सफारी गराउने हिसाबले काम अघि बढाइएको जानकारीे दिए । महोत्सवमा मैथली झिझिया र जटाजटिन, लोक भाकादेखि झाँगड, थारु, चण्डी, धान नाच, लाखे प्रदर्शनी, तामाङ सेलो, गुरुङ र मगर सोरठीको प्रस्तुतिसमेत राखिने बताइको छ ।

अध्यक्ष अन्सारीका अनुसार नेपाली सांस्कृतिक अन्तघुलन गराउनका लागि बहुजातीय सांस्कृतिक कार्यक्रम राखिएको हो । महोत्सवमा खेलप्रेमीलाई आकर्षित गर्नका लागि राष्ट्रिय कुस्ती प्रतियोगिता, महिला र पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ ।

कोशी गाउँपालिका क्षेत्रमा दैनिक २ सय पर्यटकलाई सुविधा दिनसक्ने होटल तथा होमस्टे सञ्चालनमा रहेका छन् । निजी लगानीमा १३ करोडको लागतमा सुविधा सम्पन्न रिसोर्ट निर्माणको कामसमेत धमाधम भईरहेको छ ।

प्रकाशित समय १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु