गृहपृष्ठ बूढीगण्डकी आयोजनाका प्रभावितलाई २८ अर्ब रुपैयाँ मुआब्जा

बूढीगण्डकी आयोजनाका प्रभावितलाई २८ अर्ब रुपैयाँ मुआब्जा

राष्ट्रिय गौरवको आयोजना मध्येको एक बूढीगण्डकी आयोजनाका प्रभावितलाई हालसम्म २८ अर्ब रुपियाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ ।

आयोजनाको डुबान क्षेत्रमा पर्ने सात हजार ८३८ जनाले मुआब्जाबापत २८ अर्ब १८ करोड ३१ लाख ९० हजार रुपियाँ पाएका हुन् ।

बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना एकाइका प्रमुख कृष्ण कार्कीका अनुसार अहिलेसम्म गोरखातर्फ २३ हजार ३३१ रोपनीको १४ अर्बभन्दा बढी रकम वितरण भइसकेको छ ।

प्रकाशित समय ०७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु