गृहपृष्ठ सुनको मूल्य निरन्तर उकालो
सुनको मूल्य निरन्तर उकालो
एकपछि अर्को रेकर्ड तोड्दै सुनको मूल्य निरन्तर उकालो लागेको छ । बुधबार सुनको मूल्य प्रतितोला ७७ हजार १ सय कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला सुनको मूल्य ७६ हजार ७ सय थियो । एक दिनमै ४ सय रूपैयाँले बढेपछि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
कोरोना भाइरसको त्रासका कारण सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।
प्रकाशित समय १४:०२ बजे

















