गृहपृष्ठ एनआईसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा छुट
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका छन् ।
समझदारीअनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरेवापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ ।
समझदारीका सर्तहरू एक वर्षको लागि लागू हुनेछन् । यसैगरी ग्राहकहरूले देशभरका २४ सयभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित समय १५:५४ बजे

















