गृहपृष्ठ एनआईसी एशिया बैंकका ग्राहकलाई हायात होटलमा छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई हायात होटलमा छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउन समझदारी भएको छ । बैंक र होटलबीच भएको यो समझदारी एक वर्षसम्म लागू हुनेछ ।
समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका छन् । सो समझदारीबमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरेवापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ ।
यसैगरी ग्राहकहरूले देशभरका २४ सयभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले मुलुकभर ३१९ शाखा कार्यालय, ४५४ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १५:५८ बजे

















