गृहपृष्ठ छिमेक लघुवित्त र इ-सेवाबीच सहकार्यसम्बन्धी सम्झौता
छिमेक लघुवित्त र इ-सेवाबीच सहकार्यसम्बन्धी सम्झौता
छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई ई-सेवा फोनपेमार्फत डिजिटल भुक्तानी सेवा उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी र ई-सेवा फोनपे प्रालिका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले मंगलबार हस्ताक्षर गरे ।
यसबाट ग्राहक र कर्मचारीहरुलाई प्रविधिमा अभ्यस्त गराउदै वित्तीय कारोबारमा निकै नै सहजता र लागत कम हुने संस्थाले विश्वास लिएको छ । यो कार्यक्रम नेपालको लघुवित्त क्षेत्रमा पहिलो अनुभव हुने संस्थाले जनाएको छ ।

लघुवित्तका ग्राहकहरुलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस प्रविधिमार्फत ग्राहकहरुले आफ्नो घर–घरबाटै भुक्तानी गर्न सक्ने हुँदा समयको बचत हुनुको साथै आर्थिक व्ययभारसमेत कम हुनेछ । यसले समयअनुसार प्रविधिको सदुपयोग हुने संस्थाको भनाइ छ । हाल विश्वब्वपी रुपमा फैलिएको कोभिड- १९ महामारीजस्ता विषम परिस्थितिका कारण बैंकिङ क्षेत्रमा पारेको वा पार्नसक्ने भुक्तानी प्रणालीलाई यस प्रविधिले ठुलो टेवा पुर्याउनेमा विश्वास गरिएको छ ।

प्रकाशित समय १५:४८ बजे

















