गृहपृष्ठ सानिमा बैंकले सञ्चालनमा ल्यायो अपांगमैत्री वेबसाइट
सानिमा बैंकले सञ्चालनमा ल्यायो अपांगमैत्री वेबसाइट
सानिमा बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक अपांगमैत्री वेबसाइट सञ्चालनमा ल्याएको छ । राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्युटर प्रयोग गर्न गाह्रो हुने व्यक्तिलाई लक्षित गरी बैंकले अपांगमैत्री वेबसाइट सञ्चालनमा ल्याएको हो ।
नयाँ सुविधाबाट अपांगता भएका व्यक्तिले पनि सजिलै वित्तीय जानकारी लिनसक्ने बैंकको विश्वास छ । यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ । सानिमा बैंकले देशभरका सातै प्रदेशका ७९ शाखा, सात विस्तारित काउन्टर र ८१ एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १९:२१ बजे

















