गृहपृष्ठ डाट्सनको रेडी गो कारमा ३ लाख छुट
डाट्सनको रेडी गो कारमा ३ लाख छुट
लकडाउनका कारण व्यवसाय चौपट भएपछि व्यवसायीले सवारी साधनमा ग्राहक आकर्षित गर्न बम्बर छुट योजना सार्वजनिक गरेका छन् । नोवेल कोरोनाभाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन असार लागेसँगै खुकुलो पारेपछि व्यवसायीले ग्राहककेन्द्रित आकर्षक योजना अघि सारेका हुन् ।
डाट्सनको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले अहिले गाडी किन्नेले ६ महिनापछि मात्रै किस्ता तिर्दा हुने आकर्षक योजना सार्वजनिक गरेको छ । डाट्सनको रेडी गो कारको मूल्य १९ लाख ९९ हजार रुपैयाँ छ । यो मूल्यमा कम्पनीले ७५ हजार रुपैयाँ नगद छुट प्रदान गरेको छ । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेपछिको बाँकी ९ लाख ६२ हजार रुपैयाँ कर्जा लिएर गाडी किन्न सक्नेछन् । कम्पनीले ६ महिनाको किस्ता आफैँले तिरिदिने जनाएको छ । ६ महिनापछि ग्राहकले मासिक किस्ता नियमित बुझाउनुपर्ने हुन्छ ।
कम्पनीले डाउन पेमेन्टलाई पनि सहज बनाएको छ । व्यक्तिगत ग्राहकले मूल्यको ५० प्रतिशत अनिवार्य डाउन पेमेन्ट गर्नुपर्छ । त्यसअनुसार डाउन पेमेन्ट गर्नुपर्ने ९ लाख ६२ हजार रुपैयाँमध्ये गाडी किन्नेले सुरुमा ५ लाख ७७ हजार २०० रुपैयाँ डाउन पेमेन्ट गर्दा हुन्छ ।
कर्जाको ब्याजदर सात वर्षसम्मका लागि १० प्रतिशत तोकिएको छ । यसको मासिक किस्ता १५ हजार ९७० रुपैयाँ हुन्छ । पायोनियर मोटोकर्पका अनुसार कम्पनीले एउटा रेडी गोमा करिब ३ लाख रुपैयाँ छुट दिएको छ ।
प्रकाशित समय १३:४२ बजे

















