गृहपृष्ठ एनआईसी एशिया लघुवित्तको सेयर नेप्सेमा सूचीकृत
एनआईसी एशिया लघुवित्तको सेयर नेप्सेमा सूचीकृत
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचीकृत भएको छ । साधारण ४७ लाख ५५ हजार र संस्थापक १ करोड ४५ हजार कित्ता गरी १ करोड ४८ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज बुधबार सूचीकृत भएको हो ।
नेपाल धितोपत्र बोर्डबाट चैत ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्थाबमोजिम सर्वसाधारणमा निष्कासन गर्नुअगावै ११ वटा सामूहिक लगानी कोषहरुको १८ वटा योजनाबाट कुल २ करोड ३७ लाख ८० हजार कित्ता सेयर माग गरी आवेदन प्राप्त भएकाले ११ वटा सामूहिक लगानी कोषहरुको १८ वटा योजनालाई माग गरेको अनुपातमा समानुपातिक हिसाबले जम्मा २ लाख ३७ हजार ८०० कित्ता सेयर बाँडफाँड भएको र कर्मचारीलाई ७४ हजार कित्ता छुट्टाइएकोमा १६६ जना कर्मचारीबाट ७४ हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी सर्वसाधारणलाई छुट्याइएको प्राथमिक निष्कासन ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधरणका लागि बिक्री खुला गरिएको थियो । संस्थाको प्राथमिक सेयर खरिद गर्न ३ लाख ९७ हजार ७४१ वटा आवेदन परेका थिए ।
आव २०७६/७७ को तेस्रो त्रैमाससम्ममा संस्थाले कर्जा लगानी ७ अर्ब २२ करोड पुर्याएको छ भने बचत संकलनतर्फ १ अर्ब १ करोड पुर्याएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ०.३२ प्रतिशत र प्रतिसेयर आम्दानी १६.३० रुपैयाँ छ । लघुवित्तका ३३ जिल्लामा १०५ शाखा छन् ।
प्रकाशित समय १३:४७ बजे

















