गृहपृष्ठ नरेफाँटमा सिद्धार्थ बैंकको नयाँ शाखा
नरेफाँटमा सिद्धार्थ बैंकको नयाँ शाखा
सिद्धार्थ बैंकले काठमाडौंको नरेफाँटमा नयाँ शाखा स्थापना गरेको छ । नरेफाँट क्षेत्रका सर्वसाधारण तथा उद्यमीलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले उपलब्ध गराउन नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
अहिले कोरोनाभाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कता साथ सबै शाखाबाट बैँकिङ सुविधा प्रवाह गरिरहेको छ । सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, एटिएम कार्ड, तीन सयभन्दा बढी व्यावसायिक केन्द्रबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युएनओ क्रेडिट कार्ड जस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १६:३४ बजे

















