गृहपृष्ठ माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का

माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनमाको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

चर्चित अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुप्रै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । नायिका खड्काले बीस वर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुसी लागेको बताउदै आगामिदिनमा बेंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पिओएस मेसिनमार्फत् ग्राहकलाई बैकिङ सुबिधा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु