गृहपृष्ठ आइसिएफसी फाइनान्सको वार्षिकोत्सवमा क्रमिक मुद्दती खाता सञ्चालन

आइसिएफसी फाइनान्सको वार्षिकोत्सवमा क्रमिक मुद्दती खाता सञ्चालन

आइसिएफसी फाइनान्सले १६औं वार्षिकोत्सवको अवसर पारेर क्रमिक मुद्दती खाता सुरुवात गरेको छ । क्रमिक मुद्दती खाताको सुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले एक कार्यक्रमबीच गरेका छन् ।

नयाँ क्रमिक मुद्दती खाता खोल्दा ग्राहकलाई डिम्याट खाता, डेबिट कार्ड, मोबाइल बैंकिङ, इ-बैंकिङ तथा लकर सुविधा पहिलो वर्षका लागि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । क्रमिक मुद्दती खाता आइसिएफसीका कुनै पनि शाखा कार्यालयबाट खोल्न सकिनेछ । कम्पनीका देशभर १८ शाखा, एउटा एक्सटेन्सन काउन्टर र १७ वटा एटिएम काउन्टर छन् ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु