गृहपृष्ठ बाल विकास समाजलाई सिटिजन्स बैंकको डेढ लाख सहयोग

बाल विकास समाजलाई सिटिजन्स बैंकको डेढ लाख सहयोग

सिटिजन्स बैंकले बाल विकास केन्द्रलाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बाल अधिकारबाट वञ्चित बालबालिकाहरुको चौतर्फी विकास गर्ने उद्देश्यसहित २८ वर्षअघि स्थापित बाल विकास समाजलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको हो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजिएक कार्यक्रममा एक लाख ५० हजार रुपैयाँ चेक हस्तान्तरण गरिएको छ । सहयोग रकमबाट १५ जना गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने संस्थाले जनाएको छ ।

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु