गृहपृष्ठ सिद्धि स्मृति प्रतिष्ठानलाई हिमालयन बैंकको सहयोग
सिद्धि स्मृति प्रतिष्ठानलाई हिमालयन बैंकको सहयोग
हिमालयन बैंकले सिद्धि स्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो संस्थालाई सहयोग गरेको हो ।
बैंकले ५ लाख मूल्यबराबरको ५० किलो क्षमताको लुगा धुने मेसिन र १५ किलो क्षमताको हाइड्रो एक्सट्र्याक्टर प्रदान गरेको हो । साथै, बैंकले प्रतिष्ठानका लागि १ लाख ५७ हजार ६३५ रुपैयाँ बराबरको १० हजार थान ओपिडी बुक पनि सहयोग गरेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरुको उपस्थितिमा सहयोग सामग्री प्रतिष्ठानलाई हस्तान्तरण गरेका छन् ।
प्रकाशित समय १९:०९ बजे

















