गृहपृष्ठ डुंगा सञ्चालनको तयारीमा फेवातालका व्यवसायी (फोटोफिचर)
डुंगा सञ्चालनको तयारीमा फेवातालका व्यवसायी (फोटोफिचर)
स्वास्थ्य सामग्रीसहित डुंगा चलाउने योजना बनाएका छौं : अध्यक्ष नेपाली
४ महिनाको लकडाउन भर्खर मात्र सकिएको छ । यसले समग्र विश्वको अर्थतन्त्र तहसनहस पारेको छ । लकडाउनको असर विश्वका धेरै राष्ट्रहरुमा परेको छ । जसको चपेटामा नेपाल पनि अछुतो रहन सकेन ।
बिहिबारबाट सवारी साधनदेखि लिएर व्यावसाय सुचारु हुन थालेका छन् । तर, फेवातालमा डुंगा सञ्चालनमा अझै आएको छैन । पर्यटकको उत्कृष्ट रोजाईमा पर्ने फेवाताल पर्यटकको पखाईमा रहेको छ ।

फेवाताल किनारामा रित्ता डुंगाहरु साङ्लोमा बाँधिएको थियो । शुक्रबार फेवातालको किनारमा डुंगा व्यावसायीहरु कोही डुंगामर्मत् गरिहेका थिए त कोही लाइफज्याकेट सफा गरिहेका थिए । सरकारले डुंगा सञ्चालन गर्ने निर्णय भएमा सञ्चालन गर्न सकिने व्यवसायीहरु बताउँछन् ।

कोही डुंगाभित्रको पानी फालिरहेका थिए । लकडाउन खुले पनि डुंगा सञ्चालनमा आएको छैन । लकडाउनअघि नै फेवा डुंगा व्यवसाय समितिले चैत ९ गते नै डुंगा नचलाउने निर्णय गरेको थियो । सुरक्षाका उपाय अपनाउँदै सामाजिक दुरी कायम गरेर डुंगा सञ्चालनमा ल्याउने योजना रहेको फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

डुंगा सञ्चालनको विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीलाई ध्यानाकर्षण गरेको उनले बताए । उनले भने, ‘लकडाउन सकिए लगतै अरु व्यवसाय सञ्चालनमा आइसकेको छ, डुंगा व्यवसायीहरु सरकारको आधिकारिक निर्णय पर्खेर बसेका छौं । माथिबाट सञ्चालन गर्ने निर्णय आएमा हामी सञ्चालन गर्न तयार छौं, त्यसको लागि नै डुंगा मर्मतदेखि लिएर सरसफाई व्यवस्थापनको कार्य गरिरहेका छौं ।’

सुरक्षाको सन्दर्भमा प्रत्येक व्यक्तिले अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजर, लाइन बस्दा सामाजिक दुरी कायम गनुपर्ने व्यवस्था गरिएको उनले बताए ।


प्रकाशित समय १७:५३ बजे

















