गृहपृष्ठ कामना सेवा विकास बैंकको सहुलियतपूर्ण कर्जा योजना

कामना सेवा विकास बैंकको सहुलियतपूर्ण कर्जा योजना

कामना सेवा विकास बैंकले ‘अल पसल पब्लिक लिमिटेड’मा आबद्ध व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले नेपाल राष्ट्र बैँकद्वारा तोकिएको मापदण्डको अधीनमा रही व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने समझदारी भएको हो ।

सम्झौतापत्रमा कामना सेवा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसलका अध्यक्ष झविन्द्र पन्थीले कामना सेवा विकास बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको प्रवर्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आयआर्जन बढाउन उक्त समझदारी गरिएको कामना सेवाले जनाएको छ ।

प्रकाशित समय १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु