गृहपृष्ठ ग्लोबल आइएमई बैंकका थप दुई शाखारहित बैंकिङ इकाइ स्थापना

ग्लोबल आइएमई बैंकका थप दुई शाखारहित बैंकिङ इकाइ स्थापना

ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा शाखारहित बैंकिङ इकाइ स्थापना गरेको छ । बैंकले झापाको अर्जुनधारा नगरपालिका १ साधुटार र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी गाउँपालिका १२ जल्पामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो । यससँगै देशभर ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा संख्या २०३ पुगेको छ ।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत सबै किसिमका बैंकिङ सेवा लिन सक्नेछन् । निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम/सिडिएमए/युटिएल/एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।

प्रकाशित समय १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु