गृहपृष्ठ मुक्तिनाथ विकास बैंक र हाउस अफ इन्टेरियरबीच सहकार्य
मुक्तिनाथ विकास बैंक र हाउस अफ इन्टेरियरबीच सहकार्य
मुक्तिनाथ विकास बैंक र हाउस अफ इन्टेरियरबीच बैंकका ग्राहकलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हाउस अफ इन्टेरियरका प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका नायब सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले हाउस अफ इन्टेरियरका सेवा (इन्टेरियर प्रोडक्ट, इलेक्ट्रिसिटी, मार्बल, फर्निचर एन्ड फिक्सचर, फर्निसिङ, वुड वक्र्स, थ्री डी डिजाइन तथा अन्य इन्टेरियर डिजाइन) मा आकर्षक छुट पाउनेछन् । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखामार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुक, गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकका ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुनसुकै बैंकका एटिएमबाट बिनाशुल्क झिक्न सकिने बैंकले जनाएको छ ।
प्रकाशित समय १३:४३ बजे

















