गृहपृष्ठ रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि आईपीओ जारी गर्ने

रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि आईपीओ जारी गर्ने

रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि ६३ करोड रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ६३ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले साउन १६ गते नेपाल धितोपत्र बोर्डबाट सेयर निष्कासन अनुमति पाएको थियो । ६३ लाख कित्ता साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलोमा भदौ २२ गतेसम्म हुनेछ ।

आइपीओका लागि केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ ले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु