गृहपृष्ठ कृषि विकास बैंकको नाफामा १७ प्रतिशतको गिरावट
कृषि विकास बैंकको नाफामा १७ प्रतिशतको गिरावट
कृषि विकास बैंकको नाफामा १७ प्रतिशत गिरावट आएको छ । बैंकले हालै जारी गरेको आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १७.२६ प्रतिशतले घटेर ३ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले चार अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा पनि एक अर्ब ६६ करोड रुपैयाँमा झरेको छ । यो अघिल्लो वर्षको भन्दा करिब ५० प्रतिशत कम हो । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३१ करोड १३ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.११ प्रतिशत र सञ्चालन नाफा १६.५ प्रतिशतले घटेको छ । बैंकले असार मसान्तसम्ममा १ खर्ब ४३ अर्ब ६४ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २३ अर्ब ५ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८८ पैसा छ ।
प्रकाशित समय १५:०१ बजे

















