गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्सको बिमा शुल्कमा ९ प्रतिशत वृद्धि
आइएमई जनरल इन्स्योरेन्सको बिमा शुल्कमा ९ प्रतिशत वृद्धि
आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा १ अर्ब ३६ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ ।
कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बिमा शुल्क संकलन ८.८५ प्रतिशतले बढेको छ ।
कम्पनीले गत वर्ष ३ हजार ५१२ वटा बिमा दाबी भुक्तानी गरेको छ भने २ हजार ९६४ वटा बिमा दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीले बिमा दाबीबापत ७४ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४४ करोड ७० लाख रुपैयाँ बिमा दाबी भुक्तानी गर्न बाँकी छ ।
समीक्षा अवधिमा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४५.४४ प्रतिशतले बढेको हो ।
कम्पनीको जगेडा कोषमा २० करोड ९६ लाख रुपैयाँ छ । त्यस्तै बिमा कोषमा ३५ करोड ६२ लाख रुपैयाँ छ । वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४४ पैसा छ ।
प्रकाशित समय १६:०४ बजे

















