गृहपृष्ठ शिखर इन्स्योरेन्स ‘ए’ रेटिङ प्राप्त गर्ने देशकै एक मात्र बिमा कम्पनी

शिखर इन्स्योरेन्स ‘ए’ रेटिङ प्राप्त गर्ने देशकै एक मात्र बिमा कम्पनी

शिखर इन्स्योरेन्स कम्पनी ‘ए’ रेटिङ प्राप्त गर्ने देशको पहिलो तथा एक मात्र बिमा कम्पनी बनेको छ । शिखर इन्स्योरेन्सलाई इक्रा नेपालले ए रेटिङ प्रदान गरको हो ।

ए रेटिङ प्राप्त कम्पनीले वित्तीय दायित्वको समयमै भुक्तानी गर्न सक्षम रहने र न्यून कर्जा जोखिम रहने कुराको संकेत गर्छ । रेटिङ जारी गर्दा कम्पनीको बजार हिस्सा, दाबी व्यवस्थापन, शाखा सञ्जाल, सोल्भेन्सी स्थिति, व्यवस्थापन पक्ष, पुनर्बिमा व्यवस्थापन, महाविपत्ति जोखिम व्यवस्थापनलगायत विविध पक्षको अध्ययन गरिन्छ ।

कम्पनीको सबल तथा सक्षम व्यवस्थापन पक्ष तथा कर्मचारी रहेको, सुदृढ बजार हिस्सा तथा शाखा सञ्जाल रहेको, सम्पत्ति, नेटवर्थ, बिमा शुल्कमा अग्रणी कम्पनी रहेकाले ए रेटिङ दिइएको इक्रा नेपालले जनाएको छ । यस्तै, दाबी भुक्तानीको लागि पर्याप्त सोल्भेन्सी तथा तरलता रहेको भूकम्प जस्तो महाविपत्तिका लागि पर्याप्त महाविपत्ति पुनर्बिमा व्यवस्थापन गरिएको र सबल पुनर्बिमा व्यवस्थापन तथा उत्कृष्ट पुनर्बिमकहरुको साथ प्राप्त भएको पनि रेटिङमा उल्लेख छ ।

प्रकाशित समय २१:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु