गृहपृष्ठ एनआईसी एशिया बैंकको ‘क्यूआर रिफर एन्ड अर्न’ योजना

एनआईसी एशिया बैंकको ‘क्यूआर रिफर एन्ड अर्न’ योजना

nic-asia-bank-newskarobar

एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न योजना ल्याउने क्रममा नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यूआर रिफर एन्ड अर्न’ योजना ल्याएको छ । बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकले २०७७ भदौ र असोजभर उक्त योजनामा सहभागी जनाउन सक्ने बैंकले जनाएको छ ।
यो योजनामा बैंकसँग रहेका क्यूआर मर्चेन्ट एवं ग्राहकले दुई महिनाको अवधीमा नयाँ क्यूआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्यूआर मर्चेन्टले यो योजना अवधिमा बैंकमा चालू खाता खोलेर क्यूआरमा आबद्ध भएमा रिफर गर्ने क्यूआर मर्चेन्ट एवं ग्राहकलाई बैंकले प्रतिरिफर मर्चेन्ट ७५० रुपैयाँ खुद रकम प्रदान गर्नेछ । साथै, यो दुई महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यूआर मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही ५० हजार रुपैयाँ रकम प्रदान गरिने व्यवस्था गरिएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य वृद्धि भएसँगै क्यूआर पेमेन्टबाट भुक्तानी गर्नेहरुको संख्यामा समेत तीव्र रुपमा वृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी मुलुकलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पु¥याउन यस योजनालाई अगाडि बढाएको बैंकले जनाएको छ । बैंकले कोरोनाभाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महसुस गर्दै ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर १५ हजारभन्दा बढी त्तच् मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु