गृहपृष्ठ कृषि विकास बैंकले २४ अर्बको ऋणपत्र निष्कासन गर्दै
कृषि विकास बैंकले २४ अर्बको ऋणपत्र निष्कासन गर्दै
कृषि विकास बैंकले २४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले १० वर्षका लागि ‘कृषि बन्ड’ निष्कासनको तयारी गरेको हो ।
प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकले पहिलो चरणमा ५ देखि ६ अर्ब रुपैयाँसम्मको ऋणपत्र निष्कासन गर्नेछ । ऋणपत्रमा सर्वसाधारणले आवदेन दिन पाउने छैनन् । बैंकहरुले मात्र आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र जारी गरी प्राप्त गरेको रकम कृषिमा लगानी गर्ने जनाएको छ ।
प्रकाशित समय ११:४६ बजे

















