गृहपृष्ठ एनएमबी बैंक र सामसङ मोबाइलको अधिकृत विक्रेता आईएमएसबीच सम्झौता

एनएमबी बैंक र सामसङ मोबाइलको अधिकृत विक्रेता आईएमएसबीच सम्झौता

एनएमबी बैंक र आईएमएसबीच मोबाइल फोन खरिदमा शून्य प्रतिशत ब्याजमा मासिक किस्ताबन्दीमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा एनएमबी बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र आईएमएसका सेल्स एन्ड अपरेसन प्रबन्धक नारायणप्रसाद भुसालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनएमबी बैंकका ग्राहकले सामसङ मोबाइलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेट खरिदमा ‘एनएमबी सुलभ किस्ता’ योजनाअन्तर्गत नौ महिनासम्मको सरल किस्तामा सामान खरिद गर्न सक्नेछन् । एनएमबी बैंकले १८६ शाखा, ६ विस्तारित काउन्टर र १३५ एटीएमहरु सञ्जालमार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय २१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु