गृहपृष्ठ सम्पत्ति शुद्धीकरण सफ्टवेयरका लागि दुईपक्षीय समझदारी

सम्पत्ति शुद्धीकरण सफ्टवेयरका लागि दुईपक्षीय समझदारी

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ट्रस्टएमल सिस्टम सहकारी संस्थाको लागि पनि उपलब्ध गराउन डेटम सिस्टम्स प्राइभेट लिमिटेड र इन्फोडेभलपर्स प्राइभेट लिमिटेडबीच समझदारी भएको छ । सो सफ्टवेयर डेटम सिस्टम्स प्राइभेट लिमिटेडले विकास गरेको हो ।

समझदारी पत्रमा डेटम सिस्टम्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र इन्फोडेभलपर्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले हस्ताक्षर गरेका छन् । समझदारीबाट सहकारी संस्थाहरुले अत्यन्त सरलीकृत रुपमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र सहकारी विभागले समय-समयमा दिएका निर्देशनबमोजिम ग्राहकको पहिचान गर्न, त्यसको अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरणको आधारमा जोखिम निर्धारण गर्न सक्नेछन । ग्राहकको पेशा, स्थान, व्यवसायको प्रकृति, बैंकबाट प्रदान गरिएको सेवा र डेलिभरी च्यानेल समेतको आधारमा जोखिम निर्धारण गर्न सक्नेछन ।

ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा ग्राहकको काम कारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन । यसका अतिरिक्त ट्रस्टएमल सिस्टमको प्रयोगबाट सहकारी संस्थाहरुले वित्तिय जानकारी इकाईमा रहेको गोएमल सिस्टममा सीमा कारोबार, शंकास्पद कारोबार र शंकास्पद गतिविधि प्रतिवेदन इलेक्ट्रोनिक मध्यमबाट पठाउन सक्नेछन् ।

डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत दाहालले बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सहकारी संस्थामा भएको प्रावधानको कार्यान्वयन गर्न आवश्यक पर्ने साधन, श्रोत, प्रविधि र ज्ञान सहकारी संस्थासम्म पुग्न यस समझदारी कोशेढुंगा हुने बताउनु भयो । बैंकिंङ सफ्टवेयर विकास गर्ने संस्था र सम्पत्ति शुद्धीकरण निवारण गर्न कार्य गर्ने सफ्टवेयर विकास गर्ने संस्थाको सहकार्यबाट नेपालमा छरिएर रहेका सहकारी संस्थाहरुलाई सस्तो र सुलभ रुपमा उपलब्ध भएपछि सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय लक्ष्य र सन् २०२१ हुने परस्पर मूल्यांकनमा पुग्न सहयोग मिल्ने इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले आशा व्यक्त गरे ।

प्रकाशित समय १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु