गृहपृष्ठ सिटिजन्स बैंकको नयाँ शाखा दाङको तुलसीपुरमा
सिटिजन्स बैंकको नयाँ शाखा दाङको तुलसीपुरमा
सिटिजन्स बैंकले दाङको तुलसीपुरमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले बिहीबारबाट तुलसीपुर शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका देशभर १११ शाखा, ९९ एटीएम र १०४ वटा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन् भने ग्राहक संख्या साढे ६ लाख नाघेको छ । बैंकले घर कर्जा र एसएमई कर्जा ९.५ प्रतिशत र व्यक्तिगत कर्जा १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराइरहेको जनाएको छ ।
प्रकाशित समय १६:५७ बजे

















