गृहपृष्ठ सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज पनि सोही मूल्य कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य पनि यथावत नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्यमा भने थोरै वृद्धि भएको छ । सोमबार प्रतितोला चाँदी एक हजार २४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबारका लागि चाँदीको मूल्य तोलाको एक हजार २३५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित समय ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु