गृहपृष्ठ सवा अर्ब नाफा गरेको कुमारी बैंकद्वारा १४ प्रतिशत लाभांश प्रस्ताव

सवा अर्ब नाफा गरेको कुमारी बैंकद्वारा १४ प्रतिशत लाभांश प्रस्ताव

kumari-bank-newskarobar

कुमारी बैंकले १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । कुमारी बैंकले गत आर्थिक वर्षमा एक अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु