गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकले पूर्व सशस्त्र प्रहरीलाई पेन्सनर कर्जा दिने
राष्ट्रिय वाणिज्य बैंकले पूर्व सशस्त्र प्रहरीलाई पेन्सनर कर्जा दिने
राष्ट्रिय वाणिज्य बैंकले नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा प्रवाह गर्ने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष किशोरकुमार लामाले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यलाई बैंकमा सिफारिस गर्नेछ । सिफारिस भएर आएका सदस्यलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका २०७७ को अधिनमा रही अधिकतम १० लाख रुपैयाँसम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्ने सहमतिपत्रमा उल्लेख छ ।
प्रकाशित समय ०७:१२ बजे

















