गृहपृष्ठ एसियन लाइफको तीन महिनाकै खुद बिमा शुल्क १ अर्ब ४५ करोड
एसियन लाइफको तीन महिनाकै खुद बिमा शुल्क १ अर्ब ४५ करोड
एसियन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ४५ करोड ६० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो बिमा शुल्क गत वर्षको सोही अवधिको तलुनामा ६३.८५ प्रतिशत अर्थात् ५६ करोड ७४ लाख रुपैयाँले बढी हो ।
गत वर्षको सोही अवधिमा कम्पनीले ८८ करोड ८६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद नाफा पनि ५ करोड ३८ लाख रुपैयाँले बढेर ९ करोड ४० लाख पुगेको छ ।
चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६३ करोड १७ लाख रुपैयाँ छ । त्यस्तै, जीवन बिमा कोषमा २३ अर्ब ६ करोड ४ लाख रुपैयाँ र महाविपत्ति जगेडा कोषमा ७ करोड ६ लाख रुपैयाँ सञ्चित छ ।
पहिलो त्रैमासमा इन्स्योरेन्सले एक अर्ब ४७ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । हालसम्ममा कम्पनीले २६ अर्ब २८ कारेड १६ लाख रुपैयाँ कुल बिमा शुल्क कमाएको छ । इन्स्योरेन्सको कुल कायम बिमालेख संख्या ३ लाख ८५७ वटा छन् ।
इन्स्योरेन्सले यो अवधिमा ७ हजार २९७ कुल दाबीबापत १ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ भने ९० दाबीबापतको २ करोड ५२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी वार्षिक १८ रुपैयाँ ७१ पैसा छ ।
प्रकाशित समय २१:१६ बजे

















