गृहपृष्ठ यो साता २९ सय रुपैयाँ बढ्यो सुनको मूल्य
यो साता २९ सय रुपैयाँ बढ्यो सुनको मूल्य
यो साता २ हजार ९ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ । साताको पहिलो दुई दिन आइतबार र सोमबार ओरालो लागे पनि बाँकी ४ दिन भने सुनको मूल्य उकालो लागेको हो ।
साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने सो मूल्य ७ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको थियो । १६ गते मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार पनि सुनको मूल्य ५ सयले वृद्धि भई प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन यो साताकै सबैभन्दा बढी १ हजार ६ सय रुपैयाँले वृद्धि भयो । बिहीबार प्रतितोला सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन शुक्रबार आज पनि सुनको मूल्यमा ३ सय रुपैयाँले वृद्धि भएको छ । आज सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो साता भने सुनको मूल्य सातै दिन ओरालो लागेको थियो । गत साता सुन ३ हजार रुपैयाँले घटेको थियो ।
तेजावी सुन साताको पहिलो दिन आइतबार प्रतितोला ९० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ४५० रुपैयाँमा कायम भएको छ ।
यो साता चाँदीको मूल्य पनि ९० रुपैयाँले वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १२० रुपैयाँमा कारोबार भयो । त्यसैगरी मंगलबार ३५ रुपैयाँ बढेर प्रतितोला १ हजार १५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । बुधबार ३० रुपैयाँ वृद्धि भई प्रतितोला चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको हो । बिहीबार चाँदी २० रुपैयाँ वृद्धि भएर प्रतितोला १ हजार २०५ रुपैयाँ र शुक्रबार ५ रुपैयाँ वृद्धि भई १ हजार २१० रुपैयाँमा कारोबार भइरहको छ ।
प्रकाशित समय १३:४० बजे

















