गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको नयाँ ब्राण्ड मस्कट ‘मुक्ति भाई’ सार्वजनिक

मुक्तिनाथ विकास बैंकको नयाँ ब्राण्ड मस्कट ‘मुक्ति भाई’ सार्वजनिक

मुक्तिनाथ विकास बैंकले आज आइतबार बैंकको लोगोको प्रतिक ‘मुक्ति भाई’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलद्वारा संयुक्त रुपमा एक कार्यक्रममार्फत बैंकको मस्कट सार्वजनिक गरिएको हो ।

आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा र उत्पादनहरुको प्रचारप्रसार गर्ने बैंकले जनाएको छ । मस्कट सार्वजनिक कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरु तथा व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको बैंकको फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो ।

मुक्तिनाथ विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न VISA NETWORK अन्तर्गतको जुनसुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । हाल बैंकको १३८ वटा शाखा कार्यालय रहेका छन् ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु