गृहपृष्ठ नेपाल क्लियरिङ हाउसलाई साफा अवार्ड

नेपाल क्लियरिङ हाउसलाई साफा अवार्ड

nchl logo

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट अवार्डस् (साफा) २०१९ बाट सम्मानित भएको छ । साफाले सार्वजनिक क्षेत्रअन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा एनसीएचएललाई सम्मानित गरको हो ।

एनसीएचएलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन र त्यसको वित्तीय तथा कर्पोरेट गभर्नन्ससँग सम्बन्धित मूल्यांकनका आधारमा पुरस्कार प्रदान गरिएको साफाले जनाएको छ । पुरस्कार श्रीलंकाको इन्स्टिच्युट अफ चार्टर्ड एकाउटेन्ट्स (सीए श्रीलंका) द्वारा आयोजित भर्चुअल कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

यो वर्ष इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ नेपाल (आईक्यान) द्वारा आयोजना गरिएको आईक्यान बेस्ट प्रिजेन्टेड अवार्ड (बीपीए) २०१९ मा पहिलो स्थान पाएपश्चात् एनसीएचएलको केस आईक्यानले साफामा पठाएको थियो । एनसीएचएल गत वर्ष पनि साफाद्वारा मेरिट सर्टिफिकेटका साथ पुरस्कृत भएको थियो । एनसीएचएल नेपाल राष्ट्र बैँक एवं बैँक वित्तीय संस्थाहरुद्वारा प्रवर्धित कम्पनी हो ।

प्रकाशित समय १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु