गृहपृष्ठ तौलिहवामा सिद्धार्थ बैँकको नयाँ सर्भिस आउटलेट

तौलिहवामा सिद्धार्थ बैँकको नयाँ सर्भिस आउटलेट

siddhartha-bank-newskarobar

सिद्धार्थ बैँकले कपिलवस्तुको तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । तौलिहवा क्षेत्रका सर्वसाधारण र उद्यमीलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैँकिङ सेवा सहज ढंगले पु‑याउन सर्भिस आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । अहिले कोरोनाभाइरस महामारीको अवस्थामा पनि बैँकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटबाट बैँकिङ सेवा निरन्तर प्रदान गरिरहेको जानकारी गराएको छ ।

बैँकले सजिलो बैँकिङ सेवा (शाखारहित बैँकिङ), एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैँक खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, एटीएम कार्ड, ४५० भन्दा बढी व्यावसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको क्रेडिट कार्ड जस्ता सेवामार्फत बैँकले उच्चस्तरीय बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु