गृहपृष्ठ एभरेस्ट बैँकले चितवन र दाङमा खोल्यो शाखा

एभरेस्ट बैँकले चितवन र दाङमा खोल्यो शाखा

एभरेस्ट बैँकले चितवनको हाकिम चोक र दाङको घोराहीमा शाखा स्थापना गरेको छ । हाकिम चोकमा स्थापित शाखाको बैँकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र नेपाल उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन् । शाखा उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत नेगीले हाकिम चोक क्षेत्रका बासिन्दाले उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैँकिङ सेवा पाउने बताए ।

त्यस्तै घोराहीस्थित शाखाको एभरेस्ट बैँकका सहायक महाप्रबन्धक केशव पौडेल र घोराही उप‑महानगरपालिका प्रमुख नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । एभरेस्ट बैँकले देशभरका १०० शाखा, प्रादेशिक कार्यालय र १३२ एटीएमबाट ११ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । बैँकले राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्र स्थापना गरेको छ ।

प्रकाशित समय ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु