गृहपृष्ठ सिद्धार्थ बैँकले सञ्चालनमा ल्यायो ‘स्मार्ट टेलर’
सिद्धार्थ बैँकले सञ्चालनमा ल्यायो ‘स्मार्ट टेलर’
सिद्धार्थ बैँकले नयाँ सेवा ‘स्मार्ट टेलर’ सञ्चालनमा ल्याएको छ । स्मार्ट टेलर सुविधा सञ्चालन भएसँगै ग्राहकले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी बैँक खाताबाट सहजै रकम झिक्न तथा निकाल्न सक्नेछन् । जसले गर्दा ग्राहकको समयको बचत हुनेछ र बैँकिङ सेवा अझ बढी सुविधाजनक हुने बैँकको विश्वास छ ।
ग्राहकले मोबाइल बैँकिङ एप (सिद्धार्थ बैँक स्मार्ट) बाट बैँकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक १० लाखसम्म रकम निकाल्न सक्नेछन् । बैँकले कार्ड सेवा, मोबाइल बैँकिङ, इन्टरनेट बैँकिङ, अनलाइनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय ०८:१३ बजे

















