गृहपृष्ठ सनराइज बैँकका थप पाँच शाखारहित बैँकिङ इकाइ र एक्सटेन्सन काउन्टर विस्तार

सनराइज बैँकका थप पाँच शाखारहित बैँकिङ इकाइ र एक्सटेन्सन काउन्टर विस्तार

sunrise-newskarobar

सनराइज बैँकले थप पाँच शाखारहित बैँकिङ इकाइ विस्तार गरेको छ । बैँकले तनहुँ, नवलपरासी, सुनसरी र गुल्मीमा दुईवटा शाखारहित बैँकिङ सेवाको सुरुवात गरेको हो ।

बैँकले तनहुँको व्यास नगरपालिका १४ केशवटार, नवलपरासीको सुनवल नगरपालिका ७ अस्नैया र सुनसरीको गढी गाउँपालिका २ भमरीबजारमा शाखारहित बैँकिङ सेवा विस्तार गरेको छ ।

त्यस्तै, गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडे र ७ ड्वानेटामा शाखारहित बैँकिङ सेवा सञ्चालनमा ल्याइएको छ । बैँकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत स्थानीय प्रतिनिधिमार्फत सेवा लिन सकिन्छ ।

बैँकले पुस २७ गते काठमाडौंको कलंकीमा रहेको मालपोत कार्यालयमा १२औँ एक्सटेन्सन काउन्टर पनि स्थापना गरेको छ । सनराइज बैँकले देशभरका १३९ वटा शाखा, ६३ वटा शाखारहित बैँकिङ इकाइ, १२ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु