गृहपृष्ठ सानिमा बैँकको नयाँ शाखा ललितपुरको इमाडोलमा

सानिमा बैँकको नयाँ शाखा ललितपुरको इमाडोलमा

सानिमा बैंकले ललितपुरको इमाडोलमा शाखा स्थापना गरेको छ । बैँकले शुक्रबार महालक्ष्मीमा (इमाडोलनजिकै) शाखा कार्यालय खोलेको हो । नयाँ शाखाको उद्घाटन ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका छन् ।

कार्यक्रममा मह जोडीले सबल अनि विश्वसनीय बैँकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैँकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग र संरक्षणका लागि आभार प्रकट गरेका छन् । सानिमा बैँकको सातै प्रदेशमा ८५ वटा शाखा, १५ विस्तारित काउन्टर र ८३ वटा एटीएम सञ्चालनमा छन् ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु