गृहपृष्ठ ‘सेयरबाट करोडपति’पछि रविन्द्र भट्टराईको ‘सेयर मन्त्र’
‘सेयरबाट करोडपति’पछि रविन्द्र भट्टराईको ‘सेयर मन्त्र’
सेयर बजार विश्लेषक रविन्द्र भट्टराइले ‘सेयर मन्त्र’ नामक सेयर बजारसम्बन्धी नयाँ पुस्तक बजारमा ल्याएका छन् । आइतबार आमाको हातबाट फेसबुकमार्फत भट्टराइले पुस्तक सार्वजनिक गरेका हुन् । यो पुस्तकले सर्वसाधारणमा सेयर बजारसम्बन्धमा रहेका विभिन्न प्रकारका भ्रम चिर्ने भट्टराइको विश्वास छ ।
सेयर बजारमा पैसा बनाउन निकै चलाख हुनुपर्छ भन्ने भ्रम, सेयर र जुवाका बारेमा रहेको भ्रम, पोर्टफोलियो बनाउने कुरामा भ्रम, बजार घट्दा जोखिम हुन्छ भन्ने तथा महिलाले लगानी गरेर पैसा बनाउन सक्दैनन् र लगानी भनेको पुरुषले गर्ने हो भन्ने जस्ता भ्रम छन् । लगानीकर्ता वा सेयर बजारमा यस्ता अनेकौँ भ्रम फेलिएका या फैलाइएका छन् । यस्ता भ्रम चिर्न, लगानीप्रति सर्वसाधारणलाई प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनौट गर्न तथा पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ ।
अन्य पुस्तकभन्दा यो पुस्तक बिल्कुलै फरक भएको उनले बताएका छन् । भट्टराइले यसअघि नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, सेयरबाट करोडपति जस्ता सेयर बजारसम्बन्धी पुस्तक लेखिसकेका छन् । उनले सेयर बजारसम्बन्धी आशा नामको चलचित्र निर्माण र दोहोरी गीतसमेत ल्याएका छन्, यी चलचित्र र गीत युट्युबमा हेर्न सकिन्छ । सेयरबाट करोडपति सम्भवतः नेपालमा सर्वाधिक बिक्री भएको आर्थिक पुस्तक भएको उनले बताएका छन् ।
प्रकाशित समय १०:३५ बजे

















