गृहपृष्ठ नेप्सेमा ११२ प्रतिशतको वृद्धि, कुन बैँकको सेयर मूल्य कति बढ्यो ?

नेप्सेमा ११२ प्रतिशतको वृद्धि, कुन बैँकको सेयर मूल्य कति बढ्यो ?

एनआईसी एसिया बैँकको सेयर मूल्यमा १४० प्रतिशतको वृद्धि

सेयर बजार परिसूचक नेप्सेले २०७५ फागुन १९ गतेको न्यूनतम् विन्दु ११०० बाट ११२ प्रतिशतले उकालो लागेर सोमबार २३३२ अंकको कीर्तिमानी बनाएको छ । बजारले बुलिस यात्रा सुरु गरेयताको करिब दुई वर्षको अवधिमा कतिपय कम्पनीको मूल्य तीन गुणाभन्दा धेरै पनि बढिसकेको भने कतिपयको घटेको पनि छ ।

तथ्यांकले पनि यही भन्छ । लगानीकर्ताले नेप्से परिसूचक या उपसमूहगत परिसूचक कति बढ्यो ? भन्ने भन्दा पनि कम्पनीको वृद्धिमा ध्यान दिनुपर्ने सेयर विश्लेषकहरू बताउँछन् ।

सेयरको पछिल्लो न्यूनतम विन्दु ११०० बाट हालसम्मकै उच्च विन्दु २३३२ सम्म आइपुग्दा बैँक समूहमा पर्ने एनआईसी एसिया बैँकको सेयर मूल्य १४० प्रतिशतले बढेको छ । त्यस्तै प्रभु बैँक १११ प्रतिशतले बढेको छ भने नेपाल इन्भेस्टमेन्ट बैँकको सेयर मूल्य ४ प्रतिशतले घटेको छ । यो अवधिमा बैँक समूह भने ८५ प्रतिशतले बढेको छ ।

त्यस्तै उपसमूहगत हिसाबले व्यापार समूहको सूचक १०१४ प्रतिशतले बढेको छ भने होटल समूहको १५ प्रतिशतमात्र बढेको छ । नेप्से परिसूचक बढ्दैमा आफूले किनेका कम्पनीको सेयर मूल्य बढ्नैपर्छ भन्ने छैन र त्यस्तै हुँदैन पनि ।

सेयरको मूल्यवृद्धिबाहेक दुई वर्षको अवधिमा बैँकहरूले गरेको लाभांश वितरणबाट पनि लगानीकर्ताले लाभ लिएका छन् ।

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु