गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा केटू आरोहण टोली सम्मानित

महालक्ष्मी विकास बैंकद्वारा केटू आरोहण टोली सम्मानित

महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित ‘ज्यानमारा हिमाल’ भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर)को हिँउद याम (२०७७ माघ ३ गते शनिबार)मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत गरेको छ ।

शुक्रबार बैंकको प्रधान कार्यालयमा आयोजित अभिनन्दन कार्यक्रममा हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पुर्‍याएको योगदानको कदर स्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले माउन्ट केटू आरोहण समूहलाई पाँच लाख रूपैयाँ नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गरे ।

कार्यक्रममा आरोही निर्मल पुर्जाले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताए । उक्त कार्यक्रममा माउन्ट केटू आरोहण समूहका सदस्यहरु, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु