गृहपृष्ठ सिद्धार्थ बैंकको डेबिट कार्डका लागि अनलाईनबाटै आवेदन दिन सकिने

सिद्धार्थ बैंकको डेबिट कार्डका लागि अनलाईनबाटै आवेदन दिन सकिने

siddhartha-bank-newskarobar

सिद्धार्थ बैंकको डेबिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने भएको छ । यससँगै अब नयाँ डेबिट कार्ड लिनुपरेमा, नवीकरण गर्नुपरेमा वा हराएको र बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकले बैंकसम्म उपस्थित हुनपर्ने झन्झट हटेको छ ।

कार्डका लागि ग्राहकले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइन आवेदन दिन सक्नेछन् । कार्ड तयार भएपछि बैंकले ग्राहकलाई एसएमएसबाट जानकारी गराउने जनाएको छ ।

प्रकाशित समय ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु