गृहपृष्ठ माछापुच्छ्रे बैँकको रेमिट एप सार्वजनिक
माछापुच्छ्रे बैँकको रेमिट एप सार्वजनिक
माछापुच्छ्रे बैंकले रेमिट एप सार्वजनिक गरेको छ । बैँकले बिहीबार एक कार्यक्रम आयोजना गरी रेमिट एप सार्वजनिक गरेको हो ।
विदेशबाट नेपाल रकम पठाउन र नेपालबाट विदेश पठाउने रेमिट्यान्सलाई सहज र सुरक्षित बनाउन एप निर्माण गरिएको बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले जानकारी दिए । बैँकको रेमिट एप भारतको एक कम्पनीको साझेदारीमा निर्माण गरिएको जनाइएको छ ।
रेमिट एप सावजनिक भएसँगै बैंकका ग्राहकलाई डिजिटल भुक्तानीमा सहज हुने सीईओ कोइरालाले बताए । एप सार्वजनिक कार्यकर्ममा उनले भने ‘माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङमा नयाँ–नयाँ खोज र अनुसन्धान गरेर काम गर्दै आएको छ,’ उनले भने, ‘रेमिट एप पछिल्लो उदाहरणमात्रै हो ।’
अध्यक्ष वीरेन्द्रप्रसाद महतोले रेमिट एप गाउँ‑गाउँमा माछापुच्छ्रे बैंकको पहुँच बढाउन कोसेढुंगा सावित हुने बताए । रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा ठूलो योगदान गरेको हुनाले माछापुच्छ्रे बैंकले सुरु गरेको रेमिट एपले एक गेम चेन्जरका रुपमा काम गर्ने उनको विश्वास छ ।
प्रकाशित समय ०८:४८ बजे

















