गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २)
इन्द्रजात्रामा यलम्वरको प्रतीक मानी कसलाई पूजा गरिन्छ ?
१. नेपालमा हाल वडा संख्या कति छ ?
– ६७४३
२. कतारसँग 6 अरब मुलुक र माल्दिभ्स गरी ७ मुलुकले कहिले दौत्य सम्बन्ध विच्छेद गरेका थिए ?
– २०१७ जुन १५
३. अमेरिकाले पेरिस सम्झौताबाट अलग हुने घोषणा कहिले ग-यो ?
– २०१७ जुन १
४. गड्डाचौकी नाका कुन जिल्लामा पर्छ ?
– कञ्चनपुर
५. पृथ्वीनारायण शाहका पालामा हिटीचोक नामक अड्डाले के काम गर्थ्यो ?
– पानी तथा धारा सम्बन्धी
६. सूर्यको अध्ययन गर्ने पहिलो मानवयुक्त अन्तरिक्ष यान कुन हो ?
-स्काईल्याव
७. जारी भएर पनि लागू नभएकाे नेपालकाे संविधान हुन हाे ?
– नेपाल सरकार वैधानिक कानुन, २००४
८. नेपालकाे इतिहासमा लागू भएकाे पहिलाे संविधान कुन हाे ?
– अन्तरिम शासन विधान, २००७
९. इन्द्रजात्रामा यलम्वरको प्रतीक मानी कसलाई पूजा गरिन्छ ?
– आकाश भैरव
१०. दनुवार समुदायमा चोरेर गरिने विवाहलाई के नामले चिनिन्छ ?
-कृतिवानो प्रथा
११. लिच्छवीकालमा अंशुवर्माले कस- कस वीचको द्वैध शासन समाप्त पारी राज गरेका थिए ?
-भिमार्जुन र विष्णुगुप्त
१२. नेपालकाे संविधान कहिले राजपत्रमा प्रकाशित भएकाे हाे ?
– २०७२/६/३ (जारी भएकै दिन)
१३. प्रतापपुर मन्दिर कहा रहेको थियो ?
-स्वयम्भुमा
१४. मेन्ट्रियल प्रोटोकल के संग सम्वन्धित छ ?
-ओजन तह
१५. Ashes Series कुन खेलसँग सम्वन्धित छ ?
-क्रिकेट
१६. एउटा शिकारीलाई एक जनाले सोध्यो,तिम्रो झोलामा कति ओटा चरा छन् ? उसले जवाफ दियो- यहाँ ६ बाहेक अरु सबै भँगेरा छन्, ६ बाहेक अरु सबै सुँगा छन्, ६ बाहेक अरु सबै हाँस छन्’ । अब भन्नुस् उसको झोलामा जम्मा कति चरा थिए ?
-९ वटा
१७. ३६६ वटा पेज भएको एउटा कितावमा पेज नम्वर हाल्दा प्रयोग भएको जम्मा अंकहरुको संख्या कति हुन्छ ?
– ९९०
१८. अस्तिको २ दिन अघि वुधवार भए भोलिको २ दिन पछि कुन वार होला ?
– बुधवार
१९. विवाहमा दुलाहकाे बाबु जन्ती नजाने चलन कुन जातिमा छ ?
– दनुवार
२०. विश्वकप – २०१८ मा खेलिएको बलकाे नाम के हाे ?
– टेस्टालर १८
प्रकाशित समय १३:३८ बजे















