गृहपृष्ठ कर्णालीको बजेटमा सडक निर्माणलाई प्राथमिकता

कर्णालीको बजेटमा सडक निर्माणलाई प्राथमिकता

कर्णाली प्रदेश सरकारको आगामी बजेटले सडक निर्माणलाई प्राथमिकता दिने भएको छ । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासको मेरुदण्ड नै सडक भएकाले आगामी बजेटमा प्राथमिकतामा राखिएको जानकारी दिए ।
‘कर्णाली प्रदेशका केही जिल्लामा अझै सडक पुगेको छैन,’ वीरेन्द्रनगरमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘साँच्चिकै कर्णालीको मुहार फेर्ने हो भने सडक निर्माणलाई प्राथमिकतामा राख्नुको विकल्प छैन ।’ अन्य क्षेत्रको विस्तारका लागि समेत सडकको विकास आवश्यक भएको भन्दै मुख्यमन्त्री शाहीले कर्णाली विकासको गुरुयोजना बनाएर अगाडि बढ्ने बताए ।
‘कर्णाली प्रदेशमा विभिन्न क्षेत्रहरुको सम्भाव्यता अध्ययन गरी आगामी बजेटलाई उत्पादनका क्षेत्रमा लगाउने गरी बजेट विनियोजन गरिनेछ,’ उनले भने, ‘उत्पादन बढाएर कर्णाली प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजाने यो सरकारको मुख्य लक्ष्य हो । योजनाबिना कुनै पनि काम सफल हुँदैन । कर्णाली सरकार अब योजना बनाएर अगाडि बढ्छ ।’ परम्परागत सोचबाट परिवर्तनको अनुभूति गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले सामाजिक सोच बदल्नसमेत सबैलाई आग्रह गरे ।

प्रकाशित समय १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु