गृहपृष्ठ भद्रपुर नगरलाई प्रदेश सरकारको साथ

भद्रपुर नगरलाई प्रदेश सरकारको साथ

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपालकै पुरानो भद्रपुर नगरपालिकालाई समृद्धिसहितको विकास उन्मुख नगर बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन् । भद्रपुर नगरपालिकाले शुक्रबार आयोजना गरेको दोस्रो नगरसभालाई सम्बोधन गर्दै कानुनमन्त्री कार्कीले ‘पूर्वीक्षेत्रको व्यापारिकद्वार, शान्ति र समृद्धिसहितको भद्रपुर सहर’ भन्ने नगरको नारालाई पूरा गर्न प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भद्रपुरलाई नमुना नगरको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले नगरमा करोडौंका योजनाका काम अलपत्रमा अवस्था रहेकाले तत्काल त्यसको अनुगमन गरी ठोस निकास दिने बताए । समयमा काम पूरा नगर्ने निर्माण कम्पनीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने उनले प्रस्ट पारे ।

नगरसभाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ३८ लाख १७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु